विराटनगरमा लकडाउन नामको मात्रै ,दिनभरि बजारमा मानिसको चहलपहल

<span class='c1'>विराटनगरमा लकडाउन नामको मात्रै</span> <span class='c2'>,दिनभरि बजारमा मानिसको चहलपहल</span>

विराटनगर बैशाख १६,

देशकै केन्द्रबिन्दु बनेको प्रदेश नम्बर १ को राजधानी विराटनगरमा कोरोना भाईरस नियन्त्रणको लागि गरिएको लकडाउन फितलो बनेको छ । विराटनगरको बजार साथ भित्री सडक हेर्न हो भने यहाँ लकडाउन छ भनेेर पत्याउनै गाह्रो छ ।

विराटनगरमा लकडाउन उल्लंघन भएको तस्बिर सहितका समाचार आवर विराटनगरले सम्प्रेषण गर्दै आएको भने पनि सरोकारवाला कसैलाई मतलब नभएको देखिन्छ । विराटनगर बजारमा बिना सवारीसाधन पास मोटरसाइकल , कार लगायत चलिरहेका छन् । सरकारले अत्यावश्यक काम बाहेकका पसल खोल्न मनाही गरेपनि विराटनगरका विभिन्न ठाउँमा सुन पसल , हार्डवेयर पसल, मदिरा पसल खुला रहदा पनि कसैले नदेखेको जस्तो भएको छ । विराटनगरको पुरानो गुद्री भएको ठाउँमा बिहानैदेखि मानिसको भिड लाग्ने गरेको छ ।

विराटनगरका सर्वसाधारण पनि अनावश्यक रुपमा बजार तथा चोकमा घुमिरहेका देखिन्छन् । केही पसल भनेे प्रहरी देख्नेबित्तिकै बन्द गर्ने प्रहरी गएपछि फेरि पसल खुला राखेर बेच्ने गरेका छन् । विराटनगरमा बैंकमा पनि ठुलो भिड देखिने गरेको छ । सामाजिक दुरी तथा आवश्यक सावधानी अप्नाएको देखिदैन कुनै बैकमा पनि ।

सरकारले सामाजिक दुरी कायम गर्न अत्यावश्यक काम बाहेक बाहिर नजान भनेपनि विराटनगरका केही व्यापारी तथा सर्वसाधारणको अटेरीले भोलिका दिनमा विश्व महामारीको रुपमा फैलिएको कोरोनाको ठुलो जोखिम विराटनगरले सामना गर्नुपर्ने देखिन्छ ।अत्यावश्यक काम बाहेक बाहिर निस्कने सर्वसाधारण तथा लुकिछिपि पसल खोलेर मान्छे भिड गर्ने व्यापारीलाई नै बढि सक‍ोरोना भाइरसको जोखिम हुने चिकित्सक बताउँछन् । लकडाउनको पालना गरे कोरोना भाइरस संक्रमित हुने सम्भावना कम हुने विश्वका धेरै देशमा देखिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्