विराटनगर बैशाख १७ ,
विराटनगर - १३ मलाया रोडमा गाडीको टायरमा हावा हाल्ने क्रममा टायर पड्किएर एकजनाको निधन भएको छ ।
भारतको बिहार घर भएका २५ बर्षीय मोहमद हैदर अलिको मृत्यु भएको हो । हावा हाल्ने क्रममा टायरको बीचमा भएको फलाम पड्किएर उनको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार पुरानो टायरमा हावा हाल्ने क्रममा फलाम उछिटिएर टाउकोमा लगेर ज्यान गएको आवर विराटनगरलाइ बताएका छन् । शवलाइ पोस्टमार्टमका लागि कोशी अस्पताल लागिएको छ ।