लकडाउनमा चोरी गर्ने जुक्ति : विराटनगरका सडकमा राखिएका सोलारको व्याट्री चोरी

<span class='c1'>लकडाउनमा चोरी गर्ने जुक्ति : विराटनगरका</span> <span class='c2'>सडकमा राखिएका सोलारको व्याट्री चोरी</span>

प्रेम देवान
विराटनगर । लकडाउनको मौका छोप्दै रातको समयमा विराटनगरको सडकमा राखिएका सोलार बत्तिको व्याट्री चोरी हुन थालेको छ ।

विराटनगर महानगरपालीका वडा नम्बर १० का विभिन्न चौकका सडकमा राखिएका सोलार बत्तीको ब्याट्री चोरी हुन थालेको हो ।
चोरले रातको समयमा विराटनगर १० वडा भित्र रहेका अरनिको मार्ग, शिवमार्ग, ओम शान्ति मार्ग र मनोकमाना मार्गमा रहेका ४ वटा सोलार बत्तिको व्याट्री चोरी भएको वडा अध्यक्ष माधवराज वाग्लेले जानकारी दिनुभयो । उहाका अनुसार ४ वटै स्थानमा एकै किसिमको चोरी भएको र एउटै व्यत्तिले चोरी गरेको हुनसक्छ । चोरी भएको घटनाबारे प्रहरीलाई जानकारी गराईसकेको वाग्लेले बताउनुभयो ।
विराटनगर १० का विभिन्न स्थानमा गत बर्ष ३८ वटा सोलार बत्ति राखिएको वाग्लले जानकारी दिनुभयो । सडकमा राखिएका सोलार बत्तिको एउटा व्याट्रिको मुल्य २८ हजार पर्ने र पुरानो ब्याट्रि बेच्दा १५ हजार सम्म विक्री हुन सक्ने वडा अध्यक्ष वाग्लेले बताउनुभयो । गत शुक्रबार सम्म बलेको बत्ति शनिबार विहान हेर्दा चोरी भईसकेको स्थानिय सुरेशलाल श्रेष्ठले जानकारी दिनुभयो । चोरी भएका व्याट्री जानेबुझेको मान्छेले चोरी गरेको हुन सक्ने श्रेष्ठको भनाई छ ।

मुलुक एका तिर कोराना भईरसको कारण दुखमा परिरहेका छ तर यता चोरलाई भने चोर्न कै दाउ छ । कोराना भाइरस रोगको जोखिमका कारण सरकारले लकडाउन पनि गरिरहेको छ तर यता विराटनगर १० का विभिन्न स्थानमा भने चोरहरु राज्यको सम्पत्ति चोर्न लागी परेका छन् ।

अन्तत के मात्र भन्न चाहान्छौ भने चोरी भएको प्रकृती हेर्दा जानेबुझेकोले नै चोरी गरेको हुनुपर्छ । हो त्यस्ता चोरीमा संग्लनहरुको छिटै पहिचान गरी प्रहरीले पाता कसेर कारबाहीको दायरमा ल्याउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्