विराटनगर । श्री बंगलामुखी न्यूरो सोसाईटीले ‘प्रहरीको साथी म ’ का युवाहरुलाई लाई १० थान पिपिई हस्तान्तरण गरेको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनगर गर्दै सरकारले घोषणा गरेको लकडाउनमा प्रहरीसँगै सुरक्षामा साथ दिइरहेका प्रहरीको साथी म लाई बुधबार १० थान पिपिइ हस्तारण गर्रिएको हो ।
विराटगर वडा नम्बर १० बंगलामुखि टोलमा जनताको सुरक्षाका लागि प्रहरीसँग खटिएका १० जना प्रहरीको साथी म लाई पिपिई हस्तान्त्रण गरिएको हो।
जनताको सुरक्षामा खटिएका प्रहरीको साथी म लाई बंगलामुखी न्यूरो सोसाईटीले पिपिइ उपल्बध गराएको मोरङ प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिनुभयो ।
जनताको सुरक्षाका लागि खटिएका प्रहरीको साथी म लाई स्वयंम सुरक्षित रहन आवश्यकता भईरहेको अवस्थामा यसरी पिपिइ उपलब्ध गराउने संस्था प्रति धन्यवाद प्रकट समेत गर्नुभयो ।
वडा नम्बर १० को जिम्मेवारी पूर्ण भूमिका उत्कृष्ट रहेको एसपी अधिकारीको भनाई छ ।
लकडाउनलाई सहयोग पु¥याउन जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरीको साथी म लाई परिचालन गरिएको सान्र्दभिक र प्रसंशनीय रहेको श्री बंगलामूखी सोसाइटीका संयोजक सुरेस लाल श्रेष्ठले बताउनुभयो । आफ्नो वडामा खटिएका १० जना प्रहरीको साथी म लाई चस्मा, गाहुन, हेडक्याप लगायतका १० थान पिपिई हस्तानतरण गरिएको श्रेष्ठले जानकारी दिनुभयो । हस्तान्तण पस्चात प्रहरीको साथी म सहितको टोलीले केही बेर घर बाहिर बसेका व्यक्तिहरुलाई सम्झाई बुझाई घर भित्रै बस्न आग्रह गरेको थियो ।