विराटनगर । विराटनगरका युवा व्यावसायी सन्तोष चौधरीले विराटनगरमा खटिने ‘प्रहरी साथी म ’लाई मेडिकेटेड मास्क वितरण गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा लकडाउनको समयमा विराटनगरका सडकमा खटिने ‘प्रहरीको साथी म ’ र राष्ट्रिय सेवा दल (एनसीसी) लाई ४० थान मेडिकेटेड मास्क वितरण गर्नुभएको हो ।
चौधरीले कपडाबाट बनेको सिक्स लेयरको मास्क काठमान्डौमा बनाई विराटनगरमा प्रहरीसँगै खटिने प्रहरीको साथी मलाई मास्क वितरण गर्नुभएको हो ।
यसैविच संसाद विन्दिया कार्कीले पनि प्रहरीसँगै खटिने ‘प्रहरीको साथी म’ , एनसीसी र प्रहरीलाई खाजाको व्यावस्था गर्नुभएको थियो । खाजा खुवाउने अभियान २० दिनभईसकेको संसाद विन्दीया कार्कीले जानकारी दिनुभयो । लकडाउनको समयमा बजारमा खाजा खाने व्यावस्था नभएका कारण खाजा पानी वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो । उहाले लकडाउन अवधी भरी नै खाजा पानीको व्यावस्था समेत गर्ने उद्घोष गर्नुभयो ।