विराटनगरमा राष्ट्रप्रेमी अभियानद्वारा राहत वितरण जारी

<span class='c1'>विराटनगरमा राष्ट्रप्रेमी अभियानद्वारा</span> <span class='c2'>राहत वितरण जारी</span>

विराटनगर बैशाख १९,

विश्वव्यापी महामारी कोरोना (कोभिड -१९) को संक्रमणका कारण लकडाउन भएको विषम परिस्थितिमा राष्ट्रप्रेमी अभियानद्वारा विराटनगर एवं आसपासका क्षेत्रहरूमा राहत अभियान भईरहेकोछ ।

सो अन्तर्गत राहत अभियानको ११ औ दिन सम्म ३५०० केजी चामल एवं १००० भन्दा बढी व्यक्तिहरुलाई खाना वितरण गरि सकेको सुर्या लाईफ ईन्सुरेन्स बिराटनगर शाखाका प्रबन्धक अमित कर्ण ले जनाउनु भयो। राहत अभियान अन्तर्गत सडकमा रहनुभएका विपन्न एवं भोका व्यक्तिहरुलाई खाद्यान्न , माक्स वितरणका साथै आउन नसक्ने व्यक्तिहरुको घरमै जानुका साथै प्रहरी एवं स्वयंसेवकहरूलाई खाजा स्वरुप चाउचाउ, पानी , बिस्कुट एवं पन्जा वितरण गरिदै आइरहेको एवं यो अभियान लकडाउन अवधि सम्म जारी रहने राष्ट्रप्रेमी अभियानका संस्थापक आर.के. शाहीले बताउनु भयो।

राहत अभियानमा मिशन नेपालकी अध्यक्ष मिना शाहीद्वारा खाना बनाउने कार्यमा संयोजनका साथै पकाउन एवं भण्डारणका लागि कोठा उपलब्ध गराउनु भएको छ। यस अभियानमा विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आईरहनु भएको राष्ट्रप्रेमी युथ क्लबका अध्यक्ष प्रविण भुजेलले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्