पिसिआर परिक्षण बढाउन चिकित्सक संघ कोशीको माग

<span class='c1'>पिसिआर परिक्षण बढाउन चिकित्सक</span> <span class='c2'>संघ कोशीको माग</span>

विराटनगर बैशाख १९,

नेपाल चिकित्सक संघ, कोशी अञ्चल शाखाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउन खुकुलो बनाउन पुर्व गर्नु पर्ने कार्य समावेश गरि सरकार लाई तीन बुद्दे सुझाव प्रदान गरेको छ ।

संघका अध्यक्ष डा. फरवार्ड सिलवाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा संक्रमीतको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ती तथा समुदाय, सरकारी तथा निजि अस्पताल तथा फेभर किल्निकमा फ्रन्ट लाईनमा बसेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारी को पिसिआर परिक्षण गरिनु पर्ने लगायतका सुझाव नेपाल सरकार तथा प्रदेश सरकार लाई प्रदान गरेको छ ।

साथै विज्ञप्तिमा व्यापक रुपमा पिसिआर परिक्षण गरि प्राप्त तथ्यांक लाई विश्लेषण गरि विभिन्न क्षेत्रहरु लाई जोनिङ्ग गर्न समेत सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्