पुर्ब कर्मचारी समाजबाट विराटनगर महानगरलाई राहत प्रदान

<span class='c1'>पुर्ब कर्मचारी समाजबाट विराटनगर</span> <span class='c2'>महानगरलाई राहत प्रदान</span>

बिराटनगर । सेवानिबृत्त कर्मचारी समाज केन्द्रिय कार्यालयले राहत स्वरुप बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई महानगरपालिकाको परिसरमा हस्तानान्तर गरेको छ ।

कर्मचारी समाजले कोरोनाबाट बच्न र बचाउनका लागि हाम्रो सानो सहयोगका हातहरु महानगरपालिकालाई हस्तानान्तर गरेका हो ।
दैनिक रोजी रोटी गर्ने मानिसहरु भोक भोकै नहुन भन्ने हाम्रो अभिप्राय हो भन्दै सबैको सहकार्यबाट मात्र सम्भव हुने हुनाले यो कामको थालनी गरेका हौ कर्मचारी समाजका केन्द्रिय अध्यक्ष पर्शुराम नेपालले बताउनु भयो ।

जागिरबाट रिटार्यड भएका पुर्ब सरकारी कर्मचारीहरुको छाता संगठनले नगद तथा चामल, दाल, तेल लगायतका दैनिक सामग्रीहरु एक द्धार प्रणालीबाट स्थानीय सरकारले वडा तह सम्म पुग्न सजिलो हुने भएकोले पनि महानगरपालिकालाई नै सानो राहतको प्याकेज उपलब्ध गराएको केन्द्रिय अध्यक्ष नेपालले बताएका छन् ।

राहतलाई सहज र पार्दिर्शता बनाउन महानगरपालिका लागि परेको हुनाले सबैबाट सहयोगको अपेक्षा गरेका छौ । तपाईहरु जस्तै अन्य महानगरबासीहरुबाट राहत एकद्धार प्रणालीबाट बितरण गर्न सके मात्र सबैको घर परिबारमा राहत पुग्न सक्ने साथै बिपन्न परिबारहरु भोकै बस्नु नपर्ने वाताबरण सृजना गर्न महानगरपालिका लागि परेको मेयर भिम पराजुलीले बताएका छन् ।

ह्स्तानान्तर कार्यक्रममा उपमेयर इन्दिरा कार्की, वडा अध्यक्षहरु, यातयात कार्यालय इटहरीका प्रमुख बिन्दा नेपाल, जनप्रतिनिधीहरु तथा कर्मचारी समाजका पदाधिकारीहरुको समेत उपस्थिति थियो । कोरोनाबाट बच्न दुरी कायम गरी राहत समाग्री उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्