लकडाउनमा गरिएको रक्तदान कार्यक्रमबाट ६७ पिन्ट रगत संकलन

<span class='c1'>लकडाउनमा गरिएको रक्तदान कार्यक्रमबाट</span> <span class='c2'>६७ पिन्ट रगत संकलन</span>

विराटनगर। नेपाल कम्यूनिष्ट पार्टीको विराटनगर महानगरपालिका वडा नं. ११ शाखा कमिटीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विराटनगर–११ स्थित श्री जनपथ मा.वि मा मङ्गलबार सम्पन्न भएको रक्तदान कार्यक्रममा कुल ६७ जना रक्तदाताहरुबाट रगत सङकलन भएको छ ।

लकडाउनका कारण विराटनगरको ब्लड बैङकमा रगतको अभाव सिर्जना भएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपा विराटनगर महानगर कमिटीको अध्यक्ष सागर थापाले बताउनुभयो ।

त्यस्तै नेकपा ११ नं. वडा कमिटीकी अध्यक्ष ममता प्रधानले रगतको अभावमा ज्यान गुमाउन बाध्य हुनु नपरोस् भन्ने धारणा व्यक्त गर्नुहुँदै सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी मोरङ्गको प्राविद्यिक सहयोगमा रहेको उक्त कार्यक्रममा युवा तथा प्रौढ उमेर समुहकाले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्