आजदेखी लकडाउनमा कडाई,विराटनगरका ५ सडक बन्द

<span class='c1'>आजदेखी लकडाउनमा कडाई,विराटनगरका</span> <span class='c2'>५ सडक बन्द</span>

विराटनगर । नेपालमा कोराना भाइरसका संक्रमितको संख्या बढेसँगै प्रहरीले लकडाउनलाई प्रभावकारी बनाउन विराटनगर बजारका विभिन्न स्थानको मुख्यद्वार बन्द गरेको छ ।
कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी कार्यन्वयन गर्न भन्दै जिल्ला प्रहरी कार्यालय मोरङले बजारको ५ वटा लिंक रोड बन्द गराएको हो ।

मोरङ प्रहरीले बिहिबार बेलुका सार्वजनिक सूचनामार्फत महाविर चोक, शनिमन्दिर चोक, सातघुम्ती, भृकुटी चोक र तोदी भवन सहायक सडकलाई डाइभर्सन गरि बन्द गराएको भन्दै नयाँ नियम लागू गरिएको मोरङका प्रहरी प्रबक्ता डिएसपी मान बहादुर राईले जानकारी दिनुभयो ।

लकडाउनको बेलामा मानिसहरु लिंक रोडको प्रयोग गर्ने क्रम बढेको भन्दै प्रहरीले मानिसको आवत जावतमा कडाई गरेको प्रवक्ता राईले बताउनुभयो । विराटनगरको बजारमा अन्य दिन भन्दा आज कडाई गरिएका दृष्य देखिन्छ । लकडाउनको पालन नगरेका व्यक्ति र उनीहरुले चलाएको विना पासका सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्