प्रदेश नम्बर १ मा कोरोना परीक्षणको दर बढाइयो

<span class='c1'>प्रदेश नम्बर १ मा</span> <span class='c2'>कोरोना परीक्षणको दर बढाइयो</span>

विराटनगर  । प्रदेश १ मा सरकारले कोरोना परीक्षणको दर बढाएसँगै परीक्षण गराउनेको संख्या बढेको छ ।

सरकारले द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट व्यक्तिमा कोरोना भए नभएको परीक्षण गर्दै आएको छ । यसका लागि धरानको बीपी प्रतिष्ठानमा एक र विराटनगरको कोसी अस्पताल मातहत दुई वटा ल्याब सञ्चालनमा छन् ।

यसक्रममा आइतबारसम्म आरडीटी विधिबाट जम्मा ७ हजार ७ सय ३७ जनाको नमुना परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये ७ हजार ७ सय १६ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका स्वाब ल्याबमा ल्याएर गरिने परीक्षण पीसीआरबाट २ हजार २ सय ४०  जनाको नमुना परीक्षण गर्न ल्याबमा पठाइएकोमा एक हजार ९११ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कुल ९ सय ३९ जना छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ७ हजार ९ सय ९७ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्