विराटनगर वडा नम्बर ११ का विपन्न वर्गका ३२ परिवारहरुलाई सहयोग हस्तान्तरण गरिएको छ । विदेशमा पढाइको र कामको शिलशिलामा रहेका उक्त वडाका केही युवाहरूको सहयोगमा राहत वितरण गरिएको हो ।
विभिन्न देशमा रहेका युवाहरु रबिन खालिङ्ग, सुरज पोख्रेल ,अभिशेक कोईराला , निस्चल कटटेल,पोशन गुरागाई, निशान्त अर्याल र सुरज खडकाले सहयोग गरेका हुन ।उनिहरुले नेपालमा रहेका साथीहरू मार्फत घरघरमै गएर चामल,दाल, मटर, चना,तेल, नुन, बेसार र आलु हप्ता दिन पुग्ने राहत वितरण गरेका छन् ।
विराटनगर ११ मा उक्त राहत हस्तान्तरण गरिएको युवा रोनाल कडेलले बताए ।