नेरुडे लघुवित्तको आर्थिक सहयोग तथा कर्मचारीलाई कोरोना बिमा

<span class='c1'>नेरुडे  लघुवित्तको आर्थिक सहयोग</span> <span class='c2'>तथा कर्मचारीलाई कोरोना बिमा</span>

विराटनगर जेष्ठ ७,
विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाईरस  नियन्त्रणको लागि जारी लकडाउनको कारण ग्रामीण तथा शहरी क्षेत्रका विपन्न वर्गका व्यक्तिहरुको दैनिकी सञ्चालनमा समस्या आईरहेको र उनीहरुको दैनिकीलाई केही भएपनि सहज बनाउन मोरङ्ग जिल्लाको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना कार्यालय भएका ३१ जिल्लाका ८७ वटा कार्यालय रहेका स्थानीय तह (वडा कार्यालय) लाई राहत वितरणको लागी रु. १० हजारका दरले उपलब्ध गराउन शुरु गरेको छ ।

नेरुडेले २०७६ चैत्र २६ गते सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैयाँ सहयोग प्रदान गरिसकेको छ ।

त्यसैगरी संस्थाले कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै कर्मचारीहरुको मनोबल उच्च राख्न ५३९ जना कर्मचारीहरुको प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडसँग कोरोना भाइरस  महामारी विरुद्धको बीमा गरेको छ ।

साथै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम असार मसान्तसम्म सम्पूर्ण कर्जाको ब्याजदरमा ३ प्रतिशत बिन्दुले कम गरेको र कुनै किसिमको हर्जना समेत नलिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्