विराटनगर जेठ ९,
विराटनगर महानगरपालिकाका एक सफाइ कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अन्य कर्मचारी तथा सर्वसाधारणमा त्रास फैलिएको अवस्थामा उनी संगै काम गर्ने अन्य कर्मचारीको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
विराटनगरको वडा नम्बर १५ मा बस्ने कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि महानगरले सफाइ कर्मचारीको नमूना संकलन गरेको थियो ।
सफाइ कर्मचारीसहित कोरोना संक्रमित भेटिएका वडाका शंकास्पद १२० जनाको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।