विराटनगरमा युवा संघले विभिन्न वडामा राहत वितरण गर्दै

<span class='c1'>विराटनगरमा युवा संघले विभिन्न</span> <span class='c2'>वडामा राहत वितरण गर्दै</span>

विराटनगर - राष्टिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीले खाद्यान्न वितरणको कार्यलाई आजपनि निरन्तरता दिएको छ । सोहि क्रममा आज विराटनगर वडा न. १,३ र ४ का अति बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

बिपन्न परिवारलाई लकडाउन अबधिभर सक्दो सहयोग गर्ने राष्ट्रिय युवा संघ नेपाल विराटनगर कमिटी अध्यक्ष सुशील रिजालले बताए । साथै सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गर्न समेत रिजालले आग्रह गरे ।

राहत बितरणका क्रममा राष्ट्रिय युवा संघ नेपालका नेताहरु सन्तोषी श्रेष्ठ, ईश्वरी आचार्य, रेशम थापा मगर लगायतको उपस्थिति रहेको थियो । लकडाउन सुरु भएयता राष्ट्रिय युवा संघ नेपाल बिराटनगर महानगर कमिटीले अति बिपन्न वर्गलाई घर मै पुगी दैनिक खाद्यान्न बितरण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्