लकडाउनको ६४ अौ दिन : विराटनगरमा लकडाउन खुकुलो देखिदै

<span class='c1'>लकडाउनको ६४ अौ दिन :</span> <span class='c2'>विराटनगरमा लकडाउन खुकुलो देखिदै</span>

विराटनगर जेठ १३,

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेका लक डाउनको ६४ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन जेठ २० गतेसम्म लम्ब्याइएको छ ।

नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि विभिन्न  ठाउँमा लकडाउन थप कडाई गर्न थालिएको छ । तर विराटनगरमा भने लकडाउन खुकुलो भएको छ । विराटनगरमा बैंक तथा वित्तीय संस्था तथा हार्डवेयर पसललाई मात्रै टाईम कार्ड अनुसार अनुमति भए पनि विराटनगरका अन्य पसल पनि दिउँसो खोलिएका देखिन्छन् ।विराटनगरमा केही दिनदेखि प्रहरीको उपस्थिति पनि सडकमा कम देखिएको छ सडकमा । विराटनगरका होटेल तथा रेस्टुरेन्टले अनलाइनको माध्यमबाट घरघरमा सामान पुर्याउन थालेका छन् भने विभिन्न डिलेभरी गर्ने संस्थाले खाद्यान्न देखि मासु समेत अनलाइन अडरको माध्यमबाट घरघरमा पुर्याइरहेका छन् ।

विराटनगरका मुख्य सडकहरु र भित्री सडकहरुमा पहिले भन्दा धेरै  सवारी सञ्चालनमा रहेका छन। प्रहरीले केही ठाउँमा चेकजाँचमा कडाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्