विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले कार्यालय प्रयोजनमा आएको निशान छापमा प्रयोग भएको नेपालको नक्सा संसोधन गराएका छन् ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि मेयर पराजुलीले पनि नक्सा परिबर्तन गर्न लगाएका छन् ।
मेयर भीम पराजुलीले सोमवार आफ्नो कार्यकक्षमा सजाएको निशानछापमा रहेको नेपालको नक्सामा परिबर्तन गर्न लगाएका छन् । सरकारले गरेको कुरालाई महानगरले तत्काल संसोधन गरेको मेयर पराजुलीले जानकारी दिए ।