सकारात्मक खबर : नेपालमा ७७२ मध्ये १५५ जना कोरोना संक्रमणबाट मुक्त भईसके

<span class='c1'>सकारात्मक खबर : नेपालमा ७७२ मध्ये</span> <span class='c2'>१५५ जना कोरोना संक्रमणबाट मुक्त भईसके</span>

कोरोना निको हुनेको संख्या एक सय ५५ जना पुगेको छ । संक्रमितको संख्या ७७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार नारायणी अस्पतालमा उपचारत ४३ जना निको भएर घर फर्किएसँगै कोरोना निको हुनेको संख्या एक सय ५५ पुगेको जानकारी दिए । उनले भने “कोरोना निको हुनेमा १ सय २४ पुरुष र ३१ जना महिला रहेका छन् ।”

आजै मात्र थप ९० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको उनले जानकारी दिए । कोरोना संक्रमण देशका ४६ जिल्लामा देखिएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्