प्रदेश नम्बर १ बाट थप १८ जना कोरोना संक्रमणबाट मुक्त

<span class='c1'>प्रदेश नम्बर १ बाट थप</span> <span class='c2'>१८ जना कोरोना संक्रमणबाट मुक्त</span>

विराटनगर जेठ २० ,

प्रदेश १ बाट थप १८ जना कोरोना संक्रमणबाट मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिला कोरोनामुक्त भएका हुन् ।

स्वाब परीक्षणमा नेगेटिभ आएपछि उनीहरुलाई सोमबार राति डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।

डिस्चार्ज हुनेहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साहलगायतले पुष्पगुच्छा दिएर बिदाई गरेका थिए । योसँगै प्रदेश १ मा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको छ ।

विराटनगर स्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट पटक–पटक गरी ३० जना डिस्चार्ज भएका छन् । सोमबारसम्म प्रदेश १ मा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८० जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३९ जना विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत छन् ।

कोराना जितेर डिस्चार्ज भएका अयुब मियाँले सरकार र प्रतिष्ठानका चिकित्सक, नर्सका कारण आफूहरु कोराना जित्न सफल भएको भन्दै सरकार र उपचारमा संलग्न सबैलाई धन्यवाद दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्