लकडाउनले गरिबलाई दिएको पीडा : विराटनगरका सिटि चालकले पोखे दुखेसो

<span class='c1'>लकडाउनले गरिबलाई दिएको पीडा :</span> <span class='c2'>विराटनगरका सिटि चालकले पोखे दुखेसो</span>

विराटनगर । विराटनगरका सिटी सफारी चालकहरु मंगलबार बिहान नेपाली काग्रेसका केन्द्रिय सदस्य अर्मत अर्यालको घरमा सिटी सफारी सहित पुगे । करिब एक सयको संख्यामा पुगेका सिटी सफारी चलाकहरुले लामो समयको लकडाउनका कारण घरको चुलोमा आगो बल्न छाडिसक्यो भन्दै आ– आफ्नोसमस्या राखे । सिटी सफारी कुदाएर नै जिवीको पार्जन गर्दै आएका सिटी सफारी चालकहरु यतिबेला घरको घाटको अवस्था हुन पुगेका छन् । बैंकको ऋण लिएर किस्ताबन्दीमा किनेको सिटी सफारी कुदाउन नपाएपछि यतिबेला सिटी चालकहरु सडकमा नै आउन थालेका छन् ।

सिटी रिक्साको कमाईबाट नै विहान बेलुकी छाक टार्दै अनि बैंकको व्याज तिर्दै आएका सिटी सफारी चालकहरुको अवस्था दननिय छ । २ महिनादेखीको लकडाउनले गर्दा घरमा खाना भन्दा पनि बैंकको ऋणले गर्दा समस्यामा पर्न थालेको सिटी सफारी चालकहरुको गुनासो छ ।

विगत ४ वर्षदेखी सिटी सफारी चलाउदै आएका विराटनगर १० का ४० बर्षिय उमेश कुमार मण्डलले भने बैकको कर्जासँगै परिवार धान्न पनि गा्रहे भईसक्यो । अरु उद्योग कलकारखाना चलेका छन् । हामीलाई पनि एउटा निस्चित समय तोकेर सिटी चालउन दिनुपर्ने बताए ।

पटक पटक थापिएको लकडाउनले गर्दा घरमा परिवारलाई खानलाउन समेत समस्या हुन थालेको अर्का सिटी सफारी चालक राजु सुब्बाले बताए । सुब्बा भन्छन् ‘यसरी लकडाउन बढाउने हो भने जनता फासी लगाएर मर्ने अवस्था आउन सक्छ ।’ विराटनगरमा केही यता सिटी रिक्शाहरु आफै सडकमा सफारी चलाउन थालेका छन् । यद्यपी विना पास चलाइएका सिटी रिक्शाहरु भने प्रहरीले होल्ड गर्ने गरेको छ । सरकारले अधिकारी सुचना नदिएसम्म कुनै पनि निजी सवारी साधन चलाउन नदिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राकेश कुमार पोद्धारले बताए ।

सिटी रिक्शाको खण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले अबको दिनमा गाँउपालीका , नगरपालीका र महानगरपालीकासँग समन्वय गरेर रुट निर्धारण कलरीङको आधारमा चलाउन दिने विषयमा छलफल भईरहेको पोद्धारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्