“विराटनगरमा पसल खोल्न दिने कुनैपनि निर्णय भएको छैन” – महानगरपालिका

<span class='c1'>“विराटनगरमा पसल खोल्न दिने कुनैपनि</span> <span class='c2'>निर्णय भएको छैन” – महानगरपालिका</span>

विराटनगर जेठ २१,

विराटनगर महानगरका बजार पसलहरु सञ्चालनमा आउने भन्ने कुनै निर्णय नभएको विराटनगर महानगरपालिकाले स्पष्ट पारेको छ।

सामाजिक दुरी कायम गरेर हरेक दिन चार घण्टा बजार पसल खोल्न दिने निर्णय नभएको  विराटनगर महानगरपालिकाका विपत व्यवस्थापन समितिका राजेन्द्र प्रधानले आवर विराटनगरलाई बताए । उनले भने "यो विषय केन्द्रीय तथा प्रदेश सरकारले निर्णय गर्ने विषय रहेको हुनाले विराटनगर महानगरपालिकाले कुनै निर्णय गरेको छैन" ।

विराटनगरमा महानगरको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले बैंक तथा वित्तीय संस्थालाई भने हरेक दिन १० बजे देखि दिउँसो २ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ ।

तर विराटनगरमा रहेका ब्यापार, ब्यवसाय तथा साना व्यवसायीहरुलाई दिनको ४ घण्टा पसल खोल्नका लागि प्रदेश सरकार र सघीय सरकारलाई अनुरोध गर्ने निर्णय मात्रै भएको प्रधानले जानकारी दिए ।

यस विषयमा विराटनगर महानगरका प्रमुख भिम पराजुलीले पनि आवर विराटनगरसंगको टेलिफोन वार्तामा विराटनगरमा पसल खोल्न दिन संघिय र प्रदेश सरकारलाई प्रस्ताव मात्रै गरेको स्षस्ट पारे ।

नेपालमा दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको अबस्था रहेको छ । यो अवस्थामा लकडाउन मोडालिटिको बारे कुनै निर्णय सरकारले गर्न सकेको छैन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्