रंगेलीमा भारतबाट आएका दुई जनामा कोरोना संक्रमण

<span class='c1'>रंगेलीमा भारतबाट आएका दुई</span> <span class='c2'>जनामा कोरोना संक्रमण</span>

रबिन्द्र बराल

रंगेली नगरपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा मोरङको रंगेली नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकाहरु भारतको नब्बेपुरा भन्ने स्थानबाट आएका थिए । १४ जेठमा आइपुगेका संक्रमित जनता क्याम्पसको क्वारेन्टाइनमा थिए ।१५ गते स्वाब संकलन गरी पठाएकोमा बुधबार पोजेटिभ रिपोर्ट आएको नगरपालिकाका प्रमुख मेयर दिलिप बगडियाले बताए ।

उनीहरु मध्ये धनपालथान गाउँपालिकाका ५ जना र रतुवामाई नगरपालिकाका ४ जना र रंगेलीका ८ जना थिए । रंगेलीका ८ जना मध्ये २ जनामा संक्रमण पुष्टि भएको र बाँकी ६ को रिपोर्ट नेगेटिभ आएको मेयर वगडियाले बताए ।

नगरपालिकामा १०९ जनाको पिसिआर परिक्षणगर्दा पछिल्लो १९ जना मध्ये २ जनामा कोरोना देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्