कोभिड अस्पतालमा उपचारर्थ महिलालाई उप मेयरद्धारा सेनेटरी प्याड प्रदान

कोभिड अस्पतालमा उपचारर्थ महिलालाई उप मेयरद्धारा सेनेटरी प्याड प्रदान

विराटनगर । विराटनगर महानगरकी उप–प्रमुख ईन्दिरा कार्कीले कोरोना अस्पताल विराटनगरमा उपचार गराई रहेका महिलाहरुलाई सेनेटरी प्याड प्रदान गर्नुभएको छ ।


कोशि अस्पतालकी मेडिक सुपरिटेन्डेन्ट डा. संगिता मिश्रा मार्फत उप–प्रमुख कार्कीले कोरोना अस्पताल उपचार गराईरहेको कोरोना संक्रमित महिलालाई सेनेटरी प्याड हस्तान्त्रण गर्नुभयो ।
अस्पतालमा ३९ संक्रमति उपचार गराई रहेका छन । जस मध्ये ७ महिला छन । प्रदेश १ मा अहिलेसम्म १८८ संक्रमित भएका छन । कोरोना अस्पताल विराटनगरबाट उपचार भएर जानेको संख्या ४८ पुगेको छ ।
उप–प्रमुख कार्कीले भन्नुभयो,‘ महिला भएर महिलाको पिडामा मलम पट्टी लगाउने काम गरेको छु । मेसु मिश्राले सहयोगको खुलेर प्रशंसा गर्नुभयो । संक्रमित महिलालाई महिनाबारी हुदा प्रयोग गर्ने प्याडले राम्रो भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्