युवा उद्घमी मञ्च विराटनगरद्वारा मोरङका कैदीबन्दीको सुबिधाका लागि टेलिभिजन सहयोग

<span class='c1'>युवा उद्घमी मञ्च विराटनगरद्वारा मोरङका</span> <span class='c2'>कैदीबन्दीको सुबिधाका लागि टेलिभिजन सहयोग</span>

विराटनगर जेठ २३,

नेपाली युवा उद्धमी मञ्च बिराटनगरले जिल्ला प्रहरी कार्यालय मोरङको न्यायिक हिरासतमा रहेका कैदीबन्दीहरुलाई टेलिभिजन सहयोग गरेको छ ।

कोभिड १९ का कारण आफ्ना परिवार भेट्न नपाइ रहेको अवस्थामा हुने मानसिक तनाब कम होस भन्ने उदेश्यले मनोरञ्जन प्राप्त गरि कैदीहरु मानसिक रुपमा स्वास्थ्य हुन भन्ने उदेश्यले ६० हजारको लागतमा ३२ इन्चको ३ थान टेलिभिजन हस्तान्तरण गरेको छ ।

उक्त टेलिभिजन सस्थाका अध्यक्ष सृजन प्याकुरेलले एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मान बहादुर राइलाई हस्तान्तरण गरेका हुन ।

समाज प्रतीको उत्तरदायित्व पूरा गर्नका लागि उक्त टिभी हस्तान्तरण गरिएको र उक्त टेलिभिजन महिला सेल, पुरुष सेल र बच्चा सेलमा रहने र कैदि बन्दीहरुले समाचार, मनोरञ्जन ,भजन लगायतका कार्यक्रमहरुबाट आफूलाई मानसिक रुपमा स्वास्थ्य  राख्ने कुरामा मञ्च बिश्वस्त रहेको मञ्चका अध्यक्ष प्याकुरेलले आवर बिराटनगरलाई बताए ।

यसअघि पनि लकडाउनलाई नै मध्यनजर गर्दै सस्थाले तीन लाख बराबरको खाधान्न बिराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्