विराटनगर । विराटनगरमा शुक्रबार विहान परेको अविरल बर्षाका कारण विराटनगरका विभिन्न स्थानहरु जलमग्न भएका छन् ।
करिब ५ घन्टा लामो समय सम्म परेको अविरल बर्षाका कारण जमेको पानीको निकास हुँन नपाउदाँ अधिकास ठाँउहरु जलमग्न भएका थिए । विराटनगरको दक्षिणी भेग रानी मिल्श एरीया , दरैया बस्ती , हस्पिटल चौक , मधुमारा लगायतका स्थानहरु जलमग्न भएका थिए । विराटनगर ९ हस्पिटल चौकका अधिकास पसलहरुमा पानी जमेका थिए ।
निरन्तर रुपमा परेको पानी नाला भित्र जमेका कारण पसलहरु जलमग्न भएका देखिन्थे । यता निरन्तर परेको पानीका कारण सडकमा समेत पानी जलमग्न भएका दृष्य देखिन्थे । यता विराटनगरको हिमालय रोडमा समेत केहीबेर पानी जमेको थियो ।
पानी पर्नसाथ पसल भित्र बाहिरको पानी पस्ने गरेका कारण पसलहरु विस्थापित हुने गरेका छन् ।पसल भन्दा नाला अग्लो भएका कारण पसल भित्र पानी जम्ने गरेको स्थानिय व्यापारी जिवन सरकारले बताए । फोहोर जन्य वस्तु नालामा जमेको कारण नाला सफा नगरेपछि पानी जमेर पसल भित्र छिर्ने गरेको त्यहाँका व्यापारीहरुको गुनासो छ ।
विराटनगरमा केही क्षण परेको पानीले सबैभन्दा बढी हस्पिटल चौकमा समस्या हुने गरेको व्यापारीहरुको भनाई छ । सडक र नालाको पानी पसल भित्र पसेर २ वटा फ्रिज समेत विग्रिएको अभिषेक जनरल स्टोरकी व्यापारी सिता रायले बताईन् ।
करिब ५ घन्टा बढी परेको पानीले विराटनगरका अघिकासका घरवरीपरी पानीको निकासा नहुदा जलमग्न भएका थिए । पानी पसल भित्र प्रवेश गरेका कारण व्यापारीहरु जमेको पानी माथी व्यापार गर्न वाध्य देखिन्थे । लामो समय सम्म लकडाउनको थकानपछि बल्ल बल्ल पसल खोल्न पाएका व्यापारी कहिले कोरोनाको डर त कहिले आकासे बर्षात चिन्ता छ यहाँका व्यापारीलाई ।