गरिखानेको कथा : विराटनगरको मुल बजारमा २० वर्षदेखि नास्ता बेचेर जीवन चलाएका “दादा”

<span class='c1'>गरिखानेको कथा : विराटनगरको मुल बजारमा २०</span> <span class='c2'>वर्षदेखि नास्ता बेचेर जीवन चलाएका “दादा”</span>

देशमा बेरोजगारी बढ्दो छ । मान्छेमा अहिके पनि अन्योलता छ कि ब्यवसाय गर्ने त के गर्ने तर ति अन्योल पात्रहरुको लागि एक उदाहरण हुन "दादा" नामबाट विराटनगरमा परिचित सन्तोष बसाक ।

उनी आज भन्दा २० बर्ष अघि भारतको बेङालबाट बिराटनगर आएका थिए । उनले १३ बर्षको हुदा देखि बिराटनगर मुल बजारमा रहेको बाणिज्य बैंक अगाडि एउटा सानो ठेला लगाएर आफ्नो ब्यवसाय सुरु गरेका थिए । उनलाई त्यति बेला धेरै मानिसले चिन्दैन थिए तर केटाकेटी उमेर मै गरेको त्यो मेहेनतको भने सबैले प्रसंशा गर्ने गर्थे । बिस्तारै मुख्य बजारमा उनले ठेलामा राखेको खाजा परिकारहरु चाउमिन, म:म ,अण्डा रोल, पास्ता र पाउ भाजी सबैमा लोकप्रिय बन्दै गयो । यसरी लगातार आज २० बर्ष देखि उनले गरेको  ब्यवसायले उनलेे आफ्नो जीवन चलाएका छन् ।

उनी अहिलेे सबैमा "दादा" नामले परिचत छन।

उनको दैनिक ग्राहकको रुपमा विद्यार्थी देखि ठुला बैंकर,व्यवसायी  पनि उनलाई समझेर आउने गरेको उनी सुनाउछन् । यति बेला उनले ठेला ठ्याक्कै घोघापुल चोकैमा राखेका छन् । उनको जीवन यसै व्यवसायले चलेको छ । महिनामा ५०-६० हजारसम्मको व्यापार हुने उनले बताए ।

मेहनत गरे सफलता पाइन्छ भन्ने उदाहरण उनी समाजमा बनेका छन् ।

उनले यो कोबिड- १९ को माहामारी फैलिरहेको बेला पनि समाजसेवी पपु अनसारीले रमजानको महिना भरी निशुल्क खाना खुवाउने अभियानमा आफू निशुल्क खटेर सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्