विराटनगर । विराटनगरका युवाहरुले अलपत्र परेका भारतीय मजदुरहरुलाई खुवाउँदै आईरहेका छन् । विराटनगर– १७ स्थित बुधनगर कस्टम यार्डमा अलपत्र परेका भारतीय मजदुरहरुलाई विराटनगरका युवाहरुले पाँच दिनदेखि दैनिक खाना खुवाउदै आएका हुन् ।
उनीहरुले नेकपा प्रदेश नम्बर १ का ईन्चार्ज भीम आचार्यको पहलमा र युवा नेता मोहम्मद आजम शेखको नेतृत्वमा दैनिक साँझ र बिहान खाना खुवाउँदै आएका छन् ।
कोरोना भाईरस संक्रमणको संभावित जोखिम रोकथाम तथा न्युनीकरणका लागी सरकारले चैत्र ११ गते लकडाउनको घोषणा गरेसँगै नेपालमा कार्यरत हजारौँ भारतीय कामदाहरु अलपत्र परेका छन् । बन्दाबन्दीको कारण काम ठप्प भएसँगै आम्दानिको स्रोत बन्द भएको छ । भने उनीहरु स्वदेश फर्कने चाहानको साथ सीमा क्षेत्रमा अलपत्र पर्ने गरेका छन् ।
नेकपाका युवा नेता मोहम्मद आजम शेखको नेतृत्वमा जारी उक्त अभियानमा मोहम्मद सोनु, मजहर आलम, मुन्ना राजवंशी, निरज चौधरी र मोहम्मख अन्सारुल लगायतका युवाहरुले सहजीकरण गर्दै आएका छन ।