नेपाल जेसीजले “ मेरो देश म आफै वनाउछु” राष्ट्रिय अभियान अन्तर्गत संघीय नेपालको सात बाटै मुख्यमन्त्रीहरु संग संवाद गर्ने भएको छ ।
यस्का साथै जेसीज र सरकारबाट वर्तमान अवस्थामा गर्न सकिने प्रयासहरुका समष्टि सहित प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई आज नेपाल जेसीजको राष्ट्रीय अध्यक्ष अशोक शंकर, निर्वतमान अध्यक्ष महेश पौडेल, पुर्व राष्ट्रीय अध्यक्ष जेसी प्रकाश प्रसाद अधिकारी र नेपाल जेसीजका उपाध्यक्ष कंचन झा ठाकुर र "मेरो देश म आफै बनाउछु" का राष्ट्रिय सयोजक श्यामसुन्दर पौडेल (मिलन) सम्मीलित टोलीले भेट गरि जेसिजले देश निर्माणमा गर्न सक्ने योगदानको बारेमा ज्ञापनपत्र बुझाएको छ ।
देशभरको सातै प्रदेशमा एक साथ ज्ञापनपत्र बुझाएको जेसिजले आगामी दिनमा बिदेशबाट समेत लाखौको संख्यामा दक्ष अदक्ष युवाहरु देश फर्कने हुदा बेरोजगारीको समस्या बढ्ने हुँदा यसको समाधानका लागि नेपाल जेसिज सहकार्य गर्न तयार रहेको जनाएको छ ।
उद्धमशिलताको लागि उत्प्रेरक तालिम देश भरी संचालन गर्ने अभियानका राष्ट्रिय संयोजक पौडेलले आवर बिराटनगरलाई बताए ।