विराटनगर । कोरोना महामारी रोकथाम गर्न पीसीआर टेस्ट बढाउनुपर्ने माग राख्दै विराटनगरमा सरकार विरुद्ध प्रदर्शन भएको छ ।
सामाजिक अभियन्ता नमिता आचार्यको नेतृत्वमा विराटनगरका युवा समुहले सरकारको कदमको विरोध गर्दै बुधबार प्रदर्शन गरेका हुन् । विराटनगर ६ धरान विराटनगर सडक खण्ड अन्तर्गत शिवमन्दिर स्थित सामाजिक धुरीको पालना गर्दै कोरोना महामारीमा खर्च भएको भनिएको १० अर्ब कहाँ गयो भनेर पनि प्रश्न गरेका थिए ।आधा घन्टा बढी शान्तिपुर्णरुपमा गरिएको प्रदर्शनमा कर के का लागी ,असुरक्षित क्वारेन्टिन कोरोनाको स्वर्ग हो, १०० प्रतिशत पीसीआर लागु गर, सरकारको सरोकार कार्पेट कि पीसीआर जस्ता लेखिएका प्लेकार्ड बोकेर सडकमा उभिएका थिए ।
साथै उनीहरुले लकडाउनको समयमा जबरजस्ती जनताबाट कर उठाउन लागेको भन्दै सरकारको खुलेर विरोध गरेका छन् । कोरोना रोकथामको लागी भनिएको १० अर्ब खर्च जनतालाई मुर्ख बनाउन खोजिएको प्रदर्शनमा सहभागी रोमन पराजुलीले बताए । १० अर्व सबै भष्टचार गरेर सरकारले खर्च गरेको बताए । विरोध प्रदर्शनमा सहभागी सामाजिक अभियान्ता नमिता आचार्यले सरकारले चालेको निती तथा कार्याक्रमहरु सबै गलत भएको बताईन् । अहिले सम्म कहि कतै व्यावस्थित क्वोन्टिन नभएको बेला कोरोना र्र्संक्रमित परालमा सुत्नु पर्ने अवस्था भइरहेको बेला १० अर्व खर्च सकिएको भन्दै जनतालाई मुर्ख बनाउन खोजिएको आचार्यको भनाई छ ।
अहिले मुलुक भर नै युवाहरुको समुहले सरकार विरुद्ध पीसीआरको टेष्ट बढाउनु पर्ने माग राख्दै विरोध जनाउदै आएका छन् ।