प्रदेश एकमा कोरोना संक्रमण रोकथामका लागि भुल्के सिकाईको थलो बन्यो : मन्त्री घिमिरे

<span class='c1'>प्रदेश एकमा कोरोना संक्रमण रोकथामका लागि भुल्के</span> <span class='c2'>सिकाईको थलो बन्यो : मन्त्री घिमिरे</span>

विराटनगर, २८ जेठ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण रोकथामका लागि भुल्के सिकाईको थलो भएको बताउनुभयो ।

बुधबार सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिमिरले विश्वभरी माहामारीको रुपमा देखा परेको भाइरस भुल्के प्रदेश नम्बर एकका लागीका सिकाईको माध्यम भएको बताउनुभयो ।

मन्त्री घिमिरेले भुल्केबाट कोरोनासँग लड्ने र भिड्ने रणनीति बनाउन सजिलो भएको उहाँले बताउनुभयो । भुल्केबाटै ‘थ्रिटि’ टे«सिङ, टेष्टिङ र ट्रिटमेन्टको काम शुरु भएको मन्त्री घिमिरेको भनाई छ । उहाँले भन्नुभयो,‘ भुल्केको संक्रमणलाई पूर्णरुपमा नियन्त्रण गरिएको छ ।’

भुल्केमा पहिलेकै संक्रमण देखिने संभावना नभएको मन्त्री घिमिरेको भनाई छ । भुल्केसँगै धनकुटा जिल्ला अस्पताल र दमकको संक्रमण पनि नियन्त्रण भएको उहाँले बताउनुभयो । भुल्केको अनुभवले, अनुभवी र आत्मबल बढाउने काम भएको मन्त्री घिमिरेले बताउनुभयो ।

साथै उहाँले प्रदेश १ का सवै जिल्लामा कोरोना संक्रमण नदेखिएको बताउनुभएको छ । विभिन्न तथ्याङ्कहरुमा प्रदेश १ का १३ जिल्लामा संक्रमण देखिएको भनिएता पनि त्यस्तो नभएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘ प्रदेश १ मा देखिएको कोरोना संक्रमण भारतबाट आएकाहरुबाट भएको छ ।’

प्रदेश १ का बासीन्दा भएपनि भारतबाट आएकाहरु अधिकांश भएको मन्त्री घिमिरेले बताउनुभयो । भारतबाट आएपनि घर पुग्न पाएका छैनन, घर भएकाको आधारमा जिल्लालाई संक्रमण फैलिएको बनाइयो उहाँले भन्नुभयो । प्रदेश १ मा समुदाय स्तरमा कोरोना नफैलिएको पनि मन्त्री घिमिरेले दावी गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्