जोगबनी नाका हुदै नेपाल आउने नेपालीको क्रम जारी

<span class='c1'>जोगबनी नाका हुदै नेपाल</span> <span class='c2'>आउने नेपालीको क्रम जारी</span>

विराटनगर । भारतमा काम गर्न गएका नेपालीहरु जोगबनी नाका हुदै नेपाल आउने क्रम यतिबेला जारी छ । १५ दिनमा १७ सय बढी नेपाली नागरिकहरु जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेका छन ।

गएको १५ दिनमा १ हजार ७ सय २९ जना जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांकमा उल्लेख छ । उक्त संख्याका मानिसहरुमा १ हजार ४ सय ७५ जना पुरुष र २ सय ५४ जना महिला छन ।

सोहि अवधिमा भारततर्फ जाने भारतीय नागरिकहरुको संख्या २ हजार ४ सय २४ छ । भारततर्फ जानेहरुमा १ हजार ९ सय २० पुरुष र ५ सय ४ जना महिला छन । नेपाल तथा भारत दुई देशबीच भएको सहमति पछि गएको जेठ १३ गते यता दुई देशका नागरिकहरुको प्रक्रिया पुर्याएर आउजाउ शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्