जिल्ला प्रशासन मोरङ अगाडी विराटनगरका युवाद्धारा सुतेर सरकारको विरोध (फोटो फिचर)

<span class='c1'>जिल्ला प्रशासन मोरङ अगाडी विराटनगरका युवाद्धारा</span> <span class='c2'>सुतेर सरकारको विरोध (फोटो फिचर)</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी विराटनगरका युवाहरुले सुतेर सरकारको विरोध गरेका छन् ।

सरकारलाई कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रण र व्यवस्थापनमा संवेदनशील तथा जवाफदेही बनाउने उद्देश्यले बिहीबार विहान स्वतन्त्र युवाहरुको जमातले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । विराटनगरको तीन पैनीमा भेलाभई मेनरोड हुदै जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर सरकारको खुलेर विरोध जनाएका थिए ।

स्वतन्त्र युवाहरुले जिल्ला प्रशासन कार्यालय प्रवेशद्धारामा देशभत्ती गीत गाँउदै सुतेर बसेको सरकारलाई व्याङ्गमत शैलीमा पानी हालेर सरकारलाई व्यूझाएका थिए ।
सयौंको संख्यामा उपस्थित भएर सरकारलाई संवेदनशील नभएको भन्दै विभिन्न नाराहरु लेखिएको ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

कार्यक्रममा उल्लेख्य संख्यामा उपस्थित भएका युवाहरुले १०० प्रतिशत पीसीआर परीक्षण लागू गर, दश अर्ब खोई ? क्वारेन्टाइनको स्थिति सुधार गर, कर केका लागि ? लगायत नारा अंकित प्लेकार्ड बोकेर युवाहरुले विरोध प्रदर्शन गरेका थिए । एक घन्टा लामो विरोध प्रदर्शनपछि सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीसँगको छलफल भएपछि युवाहरुले विरोध प्रदर्शन रोकेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्