विराटनगरमा सडकको विषयमा विवाद: महिला अधिकारकर्मी समेत रहेकी शाहमाथि कुटपिट

<span class='c1'>विराटनगरमा सडकको विषयमा विवाद: महिला</span> <span class='c2'>अधिकारकर्मी समेत रहेकी शाहमाथि कुटपिट</span>

विराटनगरमा निर्माणाधिन सडकको सिमाना क्लियर गर्ने बिषयमा विवाद हुँदा निर्माणाधिन सडकको उपभोक्ता समितिकी अध्यक्ष माथि कुटपिट भएको छ ।

विराटनगर–११ पञ्चमुखी चोकस्थित धरणीधर मार्गमा निर्माण गर्न लागिएको सडक र नालाको सिमानाका बिषयमा विवाद हुँदा निर्माण समितिकी अध्यक्ष सञ्जु साह माथि कुटपिट भएको हो । कुटपिटबाट घाईते शाहको विराटनगरस्थित कोशी अस्पतालको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।

कुटपिटबाट घाईते शाह सामाजिक अभियन्ता र महिला अधिकारकर्मी समेत रहनुभएको छ । उहाँको दुवै हात, छाती र टाउकोमा चोट लागेको जनाईएको छ । आफु आफ्नै घरमा बसिरहेको अवस्थामा दिउँसो १ बजे ६ जना पुरुष र १ महिला सहित एउटा निजी गाडीमा आएको हतियारधारी समुहले आफुमाथि आक्रमण गरेको शाहले बताउनुभएको छ । आफुलाई नियन्त्रणमा लिएर खुकुरी प्रहार गर्न समेत खोजिएपछि घरमा भएका नानीहरुले रुन कराउन थालेपछि आक्रमण गर्ने समुह गेट बाहिर निस्किएर भागेको उहाँको दाबी छ ।

सो बिषयमा जानकारी दिनुहुँदै विराटनगर–११ का वडाध्यक्ष तीथेन्द्र न्यौपानेले निर्माण गर्न लागिएको बाटोको सिमाना कति फिट राख्ने बिषयमा स्थानिय र उपभोक्ता समितिबीच विवाद भएको बताउनुभयो । उहाँले विवाद भएपछि आफु समेत त्यहाँ पुगेको र दुवैपक्षबीच सहजीकरण गरेर गएपछि घटना भएको जानकारी दिनुभयो ।

उहाँले स्थानिय र उपभोक्ता समितिबिच सिमानाका बिषयमा विवाद भएपनि निर्माणाधिन सडकसँग असम्बन्धित व्यक्तिहरु समेत सहभागी कुटपिट गरेको जनाईएको छ । यता घटनामा संलग्न भएको आशंकाका आधारमा १ जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर अनुसन्धान थालेको वडा प्रहरी कार्यालयका डि.एस.पी वेद प्रसाद गौतमले बताउनुभयो ।

निर्माणाधिन विराटनगर–११ को सो सडकका लागी संघीय सांसद एवम पुर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बजेट बिनियोजन गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्