विराटनगरमा गाई काटेको आरोपमा समातिएकालाई कार्वाहीको माग

<span class='c1'>विराटनगरमा गाई काटेको आरोपमा</span> <span class='c2'>समातिएकालाई कार्वाहीको माग</span>

विराटनगर । विश्व हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति मोरङले गाई काट्नेलाई कार्वाही गर्न माग राखेको छ ।

विश्व हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति मोरङलले शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा शुक्रबार ज्ञापनपत्र बुझाएको छ । परिषदकी मोरङ अध्यक्ष शोभा पोखरेलले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीलाई ज्ञापनपत्र बुझाएकी हुन् ।

विज्ञप्तिमा नेपाल राष्ट्रिय जनावर गाई भएको र ९० प्रतिशत हिन्दू धर्मालम्बीको आस्था र विश्वासमा चोट पर्ने गरी हालै विराटनगर–१७ मा गाईको बध गरिएकाले क्षोभ प्रकट गर्दै सामाजिक सद्भाव विग्रन नदिन दोषीलाई हदैसम्म कार्वाही गर्न माग गरिएको छ । सो अवसरमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी केशरीले देशको कानुनको सबैले पालना गर्नु पर्ने र कानुन अनुसार आफूले कार्वाही गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्