विराटनगरका विभिन्न संस्थाको माग ,लकडाउनमा कर तिर्न बाध्य नबनाउ

<span class='c1'>विराटनगरका विभिन्न संस्थाको माग ,लकडाउनमा</span> <span class='c2'>कर तिर्न बाध्य नबनाउ</span>

विराटनगर । बन्दाबन्दीका कारण लामो समयदेखी व्यापार – व्यावसाय धरासयी बनेको समयमा नेपाल सरकारले कर तिर्न भनी निजी क्षेत्रलाई पटक पटक समय दिदै आएको छ । सरकारको यो कदमलाई विराटनगरका व्यापारी र व्यापारीका संघहरुले सरकारको यो कदमलाई अस्विकार गरेका छन् ।

बन्दाबन्दीसंगै व्यापार व्यावसाय समते चौपट रहेको बेला तत्कालै कर तिर्ने अवस्था नरहेको भन्दै निजी क्षेत्रलाई राहत दिई हौसला बढाईनुपर्नैमा सरकारले करतिर्न लगाएर पेल्न खोजेको देखिन्छ । तर यता अचानक बन्दाबन्दी सुरुहुनुले बजारमा फसेको बाकँी वक्यौता समेत उठ्न नसकेको व्यापारीहरु बताँउछन् ।
विराटनगरका विभिन्न १० वटा संघहरु मिलेर केही माग राख्दै हाललाई करतिर्न बाध्य नबनाउन आग्रह गरेका छन् ।

विराट व्यापार संघ, केन्द्रिय कार्यालय विराटनगरका अध्यक्ष सुजन थापा , मोरङ अटोमोबायल्स डिलर एशोसिएसनका अध्यक्ष सुभाष आचार्य ,ट्रांस्पोर्ट एशोसिएसनका अध्यक्ष नरबहादुर भण्डारी , नेपाल औषधि व्यवसायी संघ कोशीका अध्यक्ष कुमार खतिवडा , मदिरा व्यवसायी संघका अध्यक्ष विनोद केसी , मोरङ ईलेक्ट्रिक संघका अध्यक्ष नविन अग्रवाल, नेपाल मुद्रण उद्ययोग संघका अध्यक्ष लव घिमिरे , नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिमसिना , विराटनगर हार्डवेयर संघका अध्यक्ष मुकुन्द दाहाल र विराटनगर ट्रक व्यवसायी संघका अध्यक्ष लक्ष्मी प्रसाईले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउदै निम्न मागहरु राखेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल र नेपाल राष्ट्रिय बैंक विराटनगरका निर्देशक लक्ष्मण सिग्देल मार्फत संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्