प्रदेश नम्बर १ मा दैनिक एक हजार पीसीआर परीक्षण हुदै

<span class='c1'>प्रदेश नम्बर १ मा दैनिक</span> <span class='c2'>एक हजार पीसीआर परीक्षण हुदै</span>

विराटनगर । प्रदेश १ मा दैनिक एक हजार पीसीआर परीक्षण हुन थालेको छ ।

सरकारले प्रदेशका पचास हजार मानिसमा कोरोना परीक्षण गर्ने घोषणा गरेको छ । मुख्यमन्त्री शेरधन राईले तिब्बत सरकारको सहयोगमा पीसीआर मेसिन उपलब्ध भएसँगै कोरोना परीक्षणको क्षमता बढेको जानकारी दिएका छन् ।

सामाजिक विकास मन्त्रालयको शुक्रबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा जम्मा १४ हजार ७७४ जनाको पीसीआर परीक्षण भएको छ । जसमा महिला ७६५ र पुरुष ११ हजार ५५० छन् ।

मुख्यमन्त्री राईले भने, “धरान, कोसी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण भइरहेको छ । तिब्बत सरकारबाट प्राप्त सहयोगका कारण अब क्षमता बढेर दैनिक १ हजार पुगेको छ ।” उनले यो संकटबाट मुक्त गर्नु र जनताको जीवन रक्षा गर्नु पहिलो कर्तव्य सरकारको भएको दाबी गरेका छन् ।

दुई पीसीआर मेसिन तिब्बतबाट प्राप्त भई दैनिक हजार  स्वाब परीक्षण भइरहेको बताउँदै मुख्यमन्त्री राईले यो परीक्षण दर अन्य प्रदेशको तुलनामा अधिक भएको दाबी गरे । उनले भने, “पीसीआर परीक्षण बढेको छ, अन्य प्रदेशको तुलना गर्नुहोस् त ।”

राईले तीव्र गतिमा परीक्षण गर्न सक्ने क्षमतामा प्रदेश १ पुगेको जनाए । सुरुमा बीपी प्रतिष्ठानमा चैत १६ गते परीक्षण गर्ने क्षमता दैनिक जम्मा १२ जनाको रहेकोमा त्यसलाई बढाइएको र २८ गते प्रादेशिक प्रयोगशालामा समेत सुरु भएको जनाए । कोसी अस्पतालमा समेत परीक्षणले गति लिएकाले परीक्षणको दर बढ्दो क्रममा रहेको सुनाए ।

“सुरुबाटै राम्ररी जुटेका छौं । सुरुबाटै खटिएका छौं । सरकार अलमलमा छैन । अत्तालिनु पर्ने द्विविधका पनि छैन । सुरक्षा, स्वास्थ्य र परीक्षणसँग सम्बन्धित नीति बनाइएको छ । योजनासाथ अघि बढेको छ सरकार,” मुख्यमन्त्री राईले भने, “ मापदण्ड पुर्‍याएर क्‍वारेन्टिन बनाइएका छन् । प्रदेश सरकारअन्तर्गत बनेका क्‍वारेन्टिनहरु तोकेको मापदण्डभित्र पर्दछन् । त्योबाहेकका अधिकांश मापदण्ड बाहिरका छन् ।”

उनले दक्षिण सीमाबाट प्रवेश गर्ने नेपालीहरु बाहिरका भए सम्बन्धित प्रदेश वा स्थानीय पालिकामा पठाइने गरेको पनि बताएका छन् । भन्छन्, “तर, यो प्रदेशको हकमा आरडीटी र पीसीआर परीक्षण गरेर मात्र पठाइने गरेको छ ।

केन्द्रले नयाँ प्रोटोकल गरेर पठायो । सम्बन्धित प्रवेश बिन्दुमा सामान्य परीक्षण गरी होल्डिङ एरियामा एकक्षण राखेर सम्बन्धित पालिका वा तहको क्‍वारेन्टिनमा पठाउने भन्ने कुरा आएको छ । तर, हामीले परीक्षणलाई ध्यान दिएका छौं ।” मुख्यमन्त्री राईले १२ दिनमा कोभिड अस्पाल बनाइएको र पहिलो ५० बेडको क्षमता भनेपछि पछि १०० बेडको चलाइएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्