प्रदेश १ मा ३० जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?

<span class='c1'>प्रदेश १ मा ३० जनामा कोरोना</span> <span class='c2'>संक्रमण पुष्टि, कुन जिल्लामा कति ?</span>

विराटनगर जेठ ३१, प्रदेश १ मा शुक्रबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब संक्रमितको संख्या ३३४ पुगेको छ । झापामा १३ जना, सुनसरीमा १० जना, उदयपुरमा ३ जना, मोरङमा ३ जना र इलामा एक जनामा संक्रमण देखिएको हो । सबैको नमुना विराटनगर र धरानस्थित प्रयोगशालमा भएको थियो । अब प्रदेशमा कोरोना संक्रमितको संख्या ३३४ पुगेको छ ।

जिल्लागत रुपमा झापामा सबैभन्दा धेरै १६७ जना संक्रमित फेला परेका छन् । सुनसरीमा ५६, मोरङमा ४२, उदयपुरमा ४२, धनकुटामा ८, भोजपुरमा ६ र खोटाङमा ४ जना संक्रमित फेला परेका छन् । भोजपुरमा ६ र खोटाङमा ४ जना, सोलुखुम्बुमा एक जना, संखुवासभा र तेह्रथुममा दुई–दुई जना, इलाममा एक जना र ताप्लेजुङमा ४ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म १६३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितहरूको कोसी अस्पताल, विराटनगर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्