विराटनगर । संविधान संशोधन विधयेक सर्वसम्मतिले पारित भएसँगै मुलुकभर आज खुशियाली छाएको छ ।
शनिबार बसेको प्रतिनिधीसभा बैठकले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको थियो । सरकारले नेपालको वास्तविक भू– भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको थियो ।
सरकारले गत ७ जेठमा नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ । संविधान संशोधनको पक्षमा दलहरूबीच राष्ट्रिय एकता कायम भएको थियो ।
यसैविच विराटनगरको रानीमा स्वतन्त्र युवा समूहले रानी भंसार नाकामा लिम्पियाधुरा र लिपुलेक कालापानी नेपाली भुमी समावेश गरि नया नक्सा संसद बाट बहुमतबाट पारित भएको अवसरमा दिपप्रज्वलन गरेका छन् ।
कार्यक्रममा युवा समूहका सम्पूर्ण सदस्यहरू उल्लेखिय उपस्थितमा कार्यक्रम राष्ट्रिय गान गाएर दिपप्रज्वलन गरेका थिए । यसैविच विराटनगरका अन्य स्थानहरुमा समेत विभिन्न समुहले नेपालको नयाँ नक्सा बनाउदै दिप्रज्वलन गरी खुशीयाली साटेका थिए ।