विराटनगरमा अपाङता भएका व्यक्तिहरु लकडाउनले भोकभोकै, मन्त्रालयमा धर्ना

<span class='c1'>विराटनगरमा अपाङता भएका व्यक्तिहरु</span> <span class='c2'>लकडाउनले भोकभोकै, मन्त्रालयमा धर्ना</span>

विराटनगर । विराटनगरका अपाङता भएका व्यक्तिहरुद्धारा लकडाउनबाट खाना नपाएर भोक भोकै बस्नु परेको भन्दै प्रदेश १ को सामाजिक विकास मन्त्रालमा धर्ना दिएका छन् ।

विराटनगर क्षेत्र भित्रका अधिकांश अपाङता भएका ब्यक्तिहरु राहतको आशले एक हप्ता देखि निरन्तर सामाजिक विकास मन्त्रालय धाई रहँदा पनि राहत नपाएपछि आज उनीहरुले मन्त्रालयमै आईतबार भने धर्ना दिएका छन् ।जिविकोपार्जन गर्नका लागि तिनपांग्रे रिक्साबाट खाद्यान्नको सामग्री बोक्दै आईरहेपनि लकडाउनका कारण निकै समस्या भएको संजय दर्नालले बताए ।

खान नपाएरै मर्नुपर्ने अवस्था सृजना भएपछि मन्त्रालयमा धर्ना दिनुपर्ने बाध्यता भएको रंजन अधिकारीले बताए ।
उनीहरु राज्य मन्त्री जसमाया गजमेरलाई राहतका लागि निवेदन दिएपनि अहिलेसम्म कुनै सुनुवाई नभएका गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्