विराटनगर असार ३,
सक्सेक्स सोसाइटी इन्टरनेशनलको आयोजनामा युवाहरुको लागि स्पिकिङ च्याम्स कार्यक्रम आयोजना गर्ने भएको छ ।
३० देखि ५ मिनेटसम्मको भिडियो बनाई कविता, कथा, भाषण लगायतका सामग्री पठाएर प्रतियोगितामा सहभागी हुन सकिने संस्थाका प्रमुख कार्यकारी वैभव नाहटाले बताए ।
कुनैपनि विषय र भाषामा उक्त सामग्री बनाउन सकिने उनले बताए । प्रतियोगितामा सहभागी हुन कुनैपनि शुल्क नलाग्ने तथा जुन २३ तारिखसम्ममा संस्थाको इमेल , फेसबुक लगायतमा पठाउन सकिनेछ ।