मोरङको गोठगाँउमा रहेको आईसोलेसनबाट ४० जना कोरोना संक्रमित डिस्चार्ज

<span class='c1'>मोरङको गोठगाँउमा रहेको आईसोलेसनबाट ४०</span> <span class='c2'>जना कोरोना संक्रमित डिस्चार्ज</span>

विराटनगर, ४ असार । प्रदेश १ बाट आज ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरंगका ९ र भोजपुरका ४ जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन् । सुन्दरहरैचाबाट डिस्चार्ज हुनेहरुलाई विहिबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद संग्रौला, राजकुमार ओझा, सुन्दरहरैचाका प्रमुख शिव ढकाल, उपप्रमुख धना तामाङ लगायतले विदाई गरेका थिए ।

डिस्चार्ज हुनेहरु गत जेठ २२ गतेदेखि २६ गते सम्म भर्ना भएकाहरु रहेको पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायका डीन डा.शैलेशमणी पोखरेलले जानकारी दिए । प्रदेश १ मा आज ४० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको छ । संक्रमितको संख्या ४ सय १६ रहेको छ ।

अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई विदाई गर्दै मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रण हुँदै गएको बताए । प्रदेशवासीले चाँडै सुखद खवर सुन्न पाउने मन्त्री घिमिरेको भनाई छ । कोरोना संक्रमण अन्त्यको आधार तय हुँदै गएको मन्त्री घिमिरेले बताए ।
क्वारेन्टाईनमा मात्र संक्रमण देखिएकाले क्वारेन्टाईनलाई व्यवस्थित गर्दै लैजाने मन्त्री घिमिरेको भनाई छ । मापदण्ड विपरितका क्वारेन्टाईन बन्द गरिदै लैजाने घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्