विराटनगर असार ४,
विराटनगरमा थप एक जना बालकमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलनमा कोरोना पुष्टि गरेको विराटनगर वडा नम्बर १३ कि संक्रमित महिलाको ८ महिने छोरामा पनि कोरोना संक्रमण देखिएको हो ।
बालकको आमाको रिपोर्ट कोरोना पोजेटिभ आएपछि बालकको पनि आकस्मिक पिसिआर परिक्षण गरेर जाँच गर्दा पोजेटिभ आएको विराटनगर महानगरपालिकाका स्वस्थ्य महाशाखा प्रमुख रमेश क्षेत्रीले आवर विराटनगरलाई जानकारी दिए ।
उनिहरुको परिवार भारतको सिलगुडीबाट विराटनगर आएर वडा कार्यालयको सिफारिसमा होम क्वारेन्टाइनमा बसेका थिए । संक्रमित दुवै आमाछोरालाई कोरोना उपचार केन्द्रमा लगिएको छ भने उनका परिवारलाई क्वारेन्टाइनमा राखिएको क्षेत्रीले जानकारी दिए ।