विराटनगरको राजवंशी चौकमा टिपरले स्कुटरलाई ठक्कर दिदाँ २ घाइते

<span class='c1'>विराटनगरको राजवंशी चौकमा टिपरले स्कुटरलाई ठक्कर</span> <span class='c2'> दिदाँ २  घाइते</span>

विराटनगर । विराटनगर– ४ राजवंशी चौकमा सवारी दुर्घटनामा परि २ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो भएको सवारी र्दुघटनामा परि मोरङ ग्रामथान गाउँपालिका १ का ३९ की चन्द्रकला मोदी र सोही ठाउँका ७० वर्षिय बाबुलाल माझी गम्भिर घाइते भएका हुन् । उनीहरूको उपचार बुढीगंगा गाउँपालिका – २ विराट मेडिकल कलेजमा उपचार भइरहेको नेमुवा ट्राफिक प्रहरी बिटका प्रमुख असाइ तुलामणि आर्चायले जानकारी दिए । विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ४३२२ नम्बरको टिपरले सोही दिसातर्फ गइरहेको को २० प ३९२४ नम्बरको स्कुटरलाई ठक्कार दिएको प्रहरीले जनाएको छ । टिपरको ठक्करबाट स्कुटर चालक मोदी र सवार माझी घाइते भएका हुन् । घाइते भएका माझीको अवस्थामा गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको टाउँकोमा चोट लागेको छ । प्रहरीले टिफर र चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्