मोरङको बुढीगंगामा थप एकजना कोरोना पोजेटिभ पुष्टि, मोरङमा १०९ पुग्यो

<span class='c1'>मोरङको बुढीगंगामा थप एकजना कोरोना</span> <span class='c2'>पोजेटिभ पुष्टि, मोरङमा १०९ पुग्यो</span>

विराटनगर । मोरङको बुढीगंगा गाँउपालिकाका एक जनामा कोरोना पोजेटिभ देखा परेको छ । एक साता अगाडी भारतको हरियानाबाट आएका बुढीगंगा गाँउपालिका ४ का १७ बर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
स्थानीय क्वारेन्टीनमा बसेकामध्ये ३५ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये एकजनामा पोजेटिभ देखिएको बुढीगंगा गाँउपालिका सुचना अधिकृत मोहन तबदारले जानकारी दिनुभयो ।
यसैबीच कुवेतबाट फर्किएकी दमककी २९ वर्षीया महिलामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट जेठ २९ गते हवाई जहाजमार्फत नेपाल फर्किएकी उनमा संक्रमण पुष्टि भएको हो । उनी दमकको स्थानीय क्वारेन्टीनमा बस्दै आएकी थिइन् । मोरङमा १०८ जना कोरोना संक्रमित पुष्टि भईसकेका छन् । जिल्लाबाट कोरोना परास्त गरेर १९ जना घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्