प्रदेश १ मा ५४ प्रतिशत नागरिक उपचारपछि घर फर्किए

<span class='c1'>प्रदेश १ मा ५४ प्रतिशत</span> <span class='c2'>नागरिक उपचारपछि घर फर्किए</span>

प्रदेश १ बाट कोरोना भाईरस (कोभिड–१९) परास्त गर्नेको संख्या दैनिक जस्तो बृद्धि हुँदै गएको छ ।
प्रदेश १ मा हालसम्म ४३० संक्रमितमध्ये २३४ जनाले उपचारपछि आराम भएर घर फर्किसकेका छन् । यो समग्र संक्रमितको ५४.४१ प्रतिशत छ ।

प्रदेश सरकारको व्यवस्थिति उपचार प्रणाली, क्यारेन्टीन व्यवस्थापनका कारण समुदायस्तरमा फैलन नपाएको संक्रमणलाई क्वारेन्टीनमा मात्रै सिमित राखिएको छ ।
पछिल्लो २४ घण्टामा मोरङको रतुवामाई २, ३ र ४ का ८ जना, सुनसरीको कोशी गाउँपालिका २ र झापाको गौरीगञ्जका १ गरि ११ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताले जानकारीदिनुभयो ।
प्रदेशमा धरानको विपी प्रतिष्ठान, प्रादेशिक प्रयोगशाला विराटनगर र कोशी अस्पतालसहित शुक्रबारदेखि मेची अस्पतालमा समेत प्रयोगशाला स्थापनासँगै परीक्षण सुरु गरिएको छ ।
विराटनगर, सुन्दरहरैचा र धरानमा १८८ जना शुक्रबारसम्म उपचाररतः रहेका थिए । शनिबार थपिएका ११ जनालाई समेत अस्पतालमा भर्ना गरिने प्रक्रियामा रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्