छैन पैसा : सस्तो चप्पल खोज्ने धेरै

<span class='c1'>छैन पैसा : सस्तो</span> <span class='c2'>चप्पल खोज्ने धेरै</span>

विराटनगर । सुनसरी–मोरङ औद्योगिक क्षेत्रका जुत्ता–चप्पल उद्योग आंशिक सञ्चालनमा आएका छन् । लकडाउनपछि सञ्चालनमा आएका उद्योगका उत्पादनको माग नभएका कारण आंशिक सञ्चालनमा ल्याइएको हो ।

लकडाउनसँगै सबै खालका हाट बजार समेत बन्द भएपछि लकडाउन अगाडी कै उत्पादन बिक्री हुन सकेको छैन । बन्दाबन्दीपछि बढी मूल्य भएका जुत्ताचप्पलको माग समेत घटेपछि उद्योगीहरु झन् चिन्तामा परेका हुन् ।
म्याजिक चप्पल उद्योगका अनुज पोद्दारका अनुसार अहिले २५० रुपिँया बढी मूल्य पर्ने चप्पलको माग छैन । उद्योगले ८० देखि एकहजार ८०० सय सम्मका चप्पल उत्पादन गरेपनिन माग भने सस्तो मूल्य भएका चप्पलको मात्रै छ ।

म्याजिकले आफ्ना तीन कारखानाबाट दैनिक ७० हजार जोर चप्पल उत्पादन गर्नसक्छ । लकडाउन खुकुलो भएपछि तीन ठाउँबाट दैनिक ३० हजार जोर मात्रै उत्पादन गर्दै आएको छ ।
अन्नपूर्ण स्लिपर इन्डस्ट्रीका विकास पोद्दारको पनि पीडा अनुजकै जस्तो छ । उनका अनुसार बजारमा माग घटेको छ । बजारमै मानिसको चहलपहल नबढेको र किन्नका लागि पैसा नभएको प्रभाव उत्पादनमा जोडिएको छ । अन्नपूर्णले दिनमा ५० हजार जोर चप्पल उत्पादन गर्ने क्षमता राखे पनि हाल २० हजार जोरमा मात्रै गरिरहेको छ ।

सुरभि पोलिमर उद्योगका विनय चौधरीले लकडाउन खुलेपछि क्यासमै चप्पल बिक्री भइरहेको भए पनि पुरानो बक्यौता उठ्न गाह्रो भइरहेको बताए । उद्योगमा चालु पुँजी जुटाउन परेको भन्दै बक्यौता उठाउन नसकिएको चौधरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्