छात्रा बलात्कारको आरोपमा विज्ञान शिक्षक बस्नेत पक्राउ

छात्रा बलात्कारको आरोपमा विज्ञान शिक्षक बस्नेत पक्राउ

विराटनगर । सुनसरीको इटहरी–३ तालतलैयामा सञ्चालित गोक्यो इन्टरनेसनल स्कूलका विज्ञान बिषयका शिक्षक आफ्नै विद्यार्थीलाई धम्की देखाउँदै जर्बरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।
विद्यालयको कक्षा १० मा अध्ययनरत एक छात्रालाई ६ गत कार्तिकदेखि उनले निरन्तर करणी गरेको पीडितको आरोपका आधारमा उनलाई इटहरी प्रहरीले नियन्त्रणमा लिइएको हो ।

छ महिनादेखि निरन्तर करणी गरेको र अन्तिम पटक फागुन ११ गते करणी गरेको आरोपमा इटहरी–२ का मिलन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । पीडित छात्राको उजुरीका आधारमा पक्राउ परेका बस्नेतले आफूले सम्बन्ध राखेको स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सीएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन् ।

छात्रालाई नाङ्गो बनाएर सेक्स भिडियो र फोटो खिचेका उनले सार्वजनिक गरिदिने धम्की देखाउँदै आएका थिए । प्रहरी नियन्त्रणमा रहेका बस्नेतमाथि थप अनुसन्धान भईरहेको डीएसपी भण्डारीले आवर विराटनरलाई जानकारी दिए ।
घटना बाहिर आउन लामो समय लाग्यो, डीएसपी भण्डारीले भने बारम्बारको दवावपछि नाबालिका उनले बाध्य भएर न्याय मागेको देखिन्छ । घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकिएकोले थप प्रमाण जुटाउन लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्