विराटनगर महानगरको छैठौं नगरसभा सम्पन्न

<span class='c1'>विराटनगर महानगरको छैठौं</span> <span class='c2'>नगरसभा सम्पन्न</span>

विराटनगर । विराटनगर महानगरपालिकाको छैठौं नगरसभा पूर्णरुपमा सम्पन्न भएको छ । नगरसभाको बन्दसत्र सर्वसम्मतरुपमा सम्पन्न भएसँगै आगामी बर्षका लागी बजेट बनाउने बाटो खुलेको हो ।
आइतबार सम्पन्न सभामा आर्थिक वर्ष २०७७÷०७८ को बजेट कार्यान्वयनको प्रगति समिक्षा, संशोधित नीति तथा कार्यक्रमका विषय दफावार छलफल भएको थियो ।


नंगरसभाका क्रममा मेयर भीम पराजुलीले आफ्नो एक मात्र उद्देश्य विराटनगर महानगरपालिकाको आर्थिक, सामाजिक र पूर्वाधारको अधिकतम विकास गरी आफ्नै कार्यकालमा यसको गुणात्मक विकास गर्ने रहेको बताएका छन् । महानगरपालिकाको आर्थिक स्रोत साधनको अधिकतम प्रयोग र परिचालन गरी काम कारवाही अगाडि बढाई रहेको बताउँदै मेयर पराजुलीले संघीय सरकार र प्रदेश सरकारसँगको समन्वयमा ठूला पूर्वाधार विकासका आयोजनाहरु अगाडि बढाइरहेको बताए । बिद्यमान कोरोना कारण उत्पन्न समस्या समाधानका साथ आगामी कार्यक्रम फलदायी बनाउन लाग्नुपर्नेमा जोड दिए ।


मेयर पराजुलीले विराटनगरमा विकासको तीब्रगति अगाडी बढेको बताए । सडकहरु कालोपत्रे गर्ने काम सम्पन्न हुने चरणमा रहेको र चाढै थप बिकासका कार्यक्रम शुरु हुने बताए ।
उक्त अवसरमा बिषयगत समितिका संयोजकहरुले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा राजश्व परामर्श समिति संयोजक इन्दिरा कार्की, सार्वजनिक सेवा तथा क्षमता बिकास समिति संयोजक बिनोद बस्नेत, सामाजिक विकास समिति संयोजक तिर्थेन्द्र न्यौपाने, पूर्वाधार विकास समिति संयोजक देबेन्द्र पोखरेल, बिधेयक समिति संयोजक मीनकुमार आचार्य, आर्थिक विकास समिति संयोजक मनोज सुब्बा, लेखा समितिका तर्फबाट बिश्वनाथ भगत, वातावरण तथा विपद व्यवस्थापन समितिका तर्फबाट बद्री सरदार लगायतले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

नगरसभामा कार्यपालिका सदस्यहरुले महानगरपालिकाको विकास निर्माण जनताको माग र चाहनाका साथै कार्य सम्पादनमा भए गरेका समस्याका बारेमा आ–आफ्ना धारणा राखेका थिए । सो अवसरमा कार्यपालिका सदस्यहरुले राखेका जिज्ञासाको मेयर भीम पराजुली, उप मेयर इन्दिरा कार्की, प्रमुख प्रसाशकीय अधिकृत इन्द्रमणि पोखरेलले जवाफ दिइएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्