विराटनगर । असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसर पारेर विरााटनगर–८ मा सामुहिक रोपाँई गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल विराटनगरले आयोजना गरेको सामुहिक रोपाँईमा नेकपाका केन्द्रीय सदस्य एवं विराटनगर महानगर इन्चार्ज शिवकुमार मण्डलसहितले सहभागिता जनाउनु भएको हो ।
नेपालमा कम्यूनिष्ट पार्टीको पहिलो निर्वाचित प्रधामन्त्री स्वर्गिय मनमोहन अधिकारीको १०० औं जन्मजयन्ती समेत परेकोले नेकपाका कार्यकर्ताले असार १५ लाई थप विशेष दिनको रुपमा मनाउने गरेका छन् ।
महानगरमा आयोजना गरिएको रोपाँईमा उधोग, पर्यटन वन तथा वातावरण प्रदेश १ प्रदेशसभा सभापति सीता थेबे, महानगर अध्यक्ष सागर थापासहितको उपस्थिति रहेको पार्टीका विराटनगर–८ का अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो ।