प्रहरीको कडा सुरक्षाबीच जनता समाजवादीको विराटनगरमा विरोध ¥याली

<span class='c1'>प्रहरीको कडा सुरक्षाबीच जनता</span> <span class='c2'>समाजवादीको विराटनगरमा विरोध ¥याली</span>

विराटनगर । प्रहरीको कडा सुरक्षाकाबीच जनता समाजबवादी पार्टी नेपालले विराटनगरमा विरोध प्रदर्शन गरेको । नागरिकता संशोधन विधेयक खारेजीको माग गर्दै विराटनगरमा मंगलबार विरोध प्रदर्शन गरिएको हो ।


विराटनगर–१० संसारी माईस्थान परिसरबाट निकालिएको विरोध ¥यालीले नगरक्षेत्रको परिक्रमा गरेको छ । विरोध ¥यालीले ट्राफिकचोक, पन्चमुखी हनुमान मन्दिर हुँदै घोघाहपुल, हस्पिटलचोक, जिल्ला प्रशासन कार्यालय चोक, गोल्छा मोड लगायतका क्षेत्रको परिक्रमा गरेको थियो । त्यसपछि मेनरोडस्थित बी प्लटमा आएर कोणसभामा परिणत भएको थियो ।


¥यालीका सहभागीले नागरिकता संशोधन ऐन २०७७ खारेजीको माग गरेका थिए । उनीहरुले नागरिकता ऐन २०६३ कायम गरिनुपर्नेm वैवाहिक अंगिकृत नागरिकतालाई यथावत् राखिनु पर्ने र धार्मिक सांस्कृतिक सम्बन्ध बिगार्न पाईदैन जस्ता नारा लगाएका हुन् ।
¥याली पछि भएको कोणसभामा पार्टीका नेता एवं प्रदेशसभा सदस्य जयराम यादव, जिल्ला तथा प्रदेशस्तरीय नेताहरु राजकुमार यादव र मोहम्मद कादिर लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्